SEXY VIDEOS CLICK HERE:
Home » » कतारमा ११२ कामदारका मुदिर फरार कामदारले खाना पाएनन्

कतारमा ११२ कामदारका मुदिर फरार कामदारले खाना पाएनन्

दोहा (कतार), पुस ७ - दुई कम्पनीमा कार्यरत एकसय १२ जना कामदारका म्यानेजर -मुदिर)ले चार महिनासम्मको तलब नदिई फरार भएका छन् । मुदिर फरार भएपछि कामदारहरुलाई दैनिक खानाको लागि समस्या परेको छ ।कतारको विजडम टे्रडि्रङ एण्ड कन्ट्रक्टिङ र अलमिस टे्रडिङ एण्ड कन्ट्रक्टिङ कम्पनीका मुख्य ब्यबस्थापक कामदारहरुलाई तलब नदिई फरार भएको हो । उनीहरुबाट टगिएका कामदारले तलब र स्वदेश फिर्ताको लागि नेपाली दुताबाससमक्ष अपिल गर्न पुगेका छन् ।बीजडम कम्पनीबाट ४० जना र अलमिसबाट ७२ जना कामदारले तलब नपाएका हुन् । यी दुबै कम्पनीका स्पोन्सर भने स्थानीय नागरीक हुन् । वीजडमले नेपाली कामदारलाई गत डिसेम्बर १२ तारिखसम्म काममा लगाएको थियो । यो कम्पनी मार्फत राम्को र सि सिग्मा कम्पनीले ठेक्का पाएको निर्माणधीन भबनमा काम गर्थे । 'हामीले डिसेम्बर १२ सम्म काम गरिरहेका थियौं । तलब पाउने आशामा बसिरहेका थियौं । भारतको केरालाका मुदिर चार महिनाको तलब नदिई भागेको थाहा भयो', कतारको दोहास्थित नेपाली दुताबास आइपुगेका सल्यानका उपेन्द्र वलीले कान्तिपुरलाई भने- 'उसले केरालाका कामदारलाई पठाएर नेपाली र श्रींलकलीलाई मात्रै नपठाएको हो ।'

उनीहरुले चार हजार रियालसम्म पाउन बाँकी छ । 'मेरो तीन महिना १२ दिनको तलब चार हजार रियाल छ', मोरङ मधुमलाका खड्ग बुढाथोकीले भने- 'हामीले यति धेरै मिहेनत गरी काम गर्दाको ज्याला समेत नपाउने स्थिति भएकोले एकदमै चिन्तित छौं ।'उनीहरुलाई दुताबासले स्थानीय श्रम बिभागमा उजुरी हाल्न सिफारीस गरेको छ । पीडितले खानाको लागि जोहो गर्न सकेका छैन् । 'कोसँग माग्न जाने ?', चिन्तित अबस्थामा भेटिएका दोलखाका गन्जे थामीले भने,', चिन्तित अबस्थामा भेटिएका दोलखाका गन्जे थामीले भने,'हाम्रो खाता बन्द गरिएको अबस्था छ । खाद्यान्य जुटाउन सकिएको छैन् ।'ती कामदार दिवान कन्सल्टेन्टस् (८४१) र सुप्रप सोलुसन म्यानपावर कम्पनीबाट त्यहाँ पुगेका हुन् । 'म्यानपावरलाई यताको अबस्थाको बारे जानकारी गराउदा उल्टै मुदिर भाग्ने हुदैन भन्ने जवाफ दिन्छ', भर्खरै पुगेका सुरेन्द्र बुढाथोकीले भने । त्यस कम्पनीमा बिरामी परिरहेका दोलखाका लालसिंह थामीको उपचार समेत हुन सकिरहेको छैन् ।उता अलमिसका मुदिर भने चार महिनादेखि फरार  छन् । 'मुदिर फरार भएपनि हाम्रो सम्र्पक भने कपिल -स्पोन्सर)सँग छ ।', पीडित पर्वतका मेघबहादुर दमाईले भने,'स्पोन्सरले केही गर्दैन् ।'उनीहरुको पनि चार महिनाको तलब बाँकी छ । पीडित कामदार कतारको सनैयामा बस्दै आएका छन् । उनीहरु घर फिर्न सकेका छैन् । उनीहरु पनि स्वदेश फिर्ताको लागि सहयोग गर्न नेपाली दुताबास समक्ष अनुरोध गरेका छन् ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger