
महारानी जयनकुरासँगै उक्त उद्घाटन कार्यक्रममा श्रीलंकाका कल्चरल एफेयर्स एण्ड कल्चरल हेरीटेज मन्त्री महिन्दा यापा अबेवर्दना र ग्रीसका डेप्यूटी चीफ मिशन (एम्बेसी ग्रीस) की पत्नी अलीकी कोउट्सो मिटोपोलाउ पनि कार्यक्रममा उपस्थित थिए ।
हरेक वर्ष डिसेम्बर महिनाको २१ देखी २७ तारिखसम्म वल्ने उक्त फिल्म फेस्टिवलमा विश्वका थुप्रै उत्कृष्ट चलचित्रहरू प्रदर्शन गर्ने गरिन्छ । यो फिल्म फेस्टिवल गत वर्ष मात्र सुरू भएको हो । गत वर्ष ३२ देशका करिब २ सय ५० भन्दा बढी चलचित्र नोमिनेशनका लागी आएका थिए । यो वर्ष पनि ३९ देशका करिब ४५० वटा चलचित्र नोमिनेशनका लागी आएको थियो जसमा १ सय ७१ चलचित्रलाई मात्र छानिएको थियो ।
यो वर्षको दिल्ली इन्टरनेशनल फिल्म फेस्टिवलले आफ्नो ओपनिङगको लागी श्रीलंकाका निर्देशक समन वीरमनको चर्चित चलचित्र 'सिद्धार्थ गौतम'लाई छानिएको थियो । यो चलचित्रले श्रीलंकामा धेरै रेकर्डहरू तोडेको थियो । यो चलचित्र श्रीलंकामा सबैभन्दा बढी कमाई गर्ने चलचित्र हो ।
यो फिल्म फेस्टिवलको समापन इजरायलका निर्देशक एरिअन कोहेनको चलचित्र टेक मामाबाट गरिनेछ ।
हेरौ महारानीसहित उक्त कार्यक्रमका केही तस्विर...
Post a Comment