SEXY VIDEOS CLICK HERE:
Home » » कतारमा ज्यान गुमाएकाका परिवारलाई रेखा थापाको सहयोग

कतारमा ज्यान गुमाएकाका परिवारलाई रेखा थापाको सहयोग



काठमाडौं, पुस १३ - कतारमा ज्यान गुमाएकाका परिवारलाई अभिनेत्री रेखा थापाले आर्थिक सहयोग गरेकी छिन्।रेखा थापाले सामाजिक काम गर्न स्थापना गरेको रेखा थापा फाउन्डेसनको औपचारिक सार्वजनिकीकरण कार्यक्रममा उनले दाङको धर्ना ४ का तिलकबहादुर बिकका दम्पतीलाई ५० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।तिलक र बसन्तीका छोरा गणेशको केही महिनाअघि कतारमा ज्यान गएको थियो । बिक दम्पतीका छोराको कतारमा निधन भएको, घर पनि भत्किएको र छोरीको मुटुको समस्या थाहा पाएपछि मानवीय नाताले सहयोग गरेको थापाले बताइन् ।छोरा गुमाउँदाको घाउमा छोरीले मलम लगाइन्

सहयोग पाएपछि उज्यालो अनलाइनसित कुरा गर्दै गणेशकी आमा बसन्तीले आफूले छोरा गुमाउँदा परेको चोटमा छोरी (रेखा थापा)ले सहयोग गरेर मलम लगाएको बताउनुभयो । सहयोग थापेपछि धन्यवाद दिँदै गणेशका बाबु तिलकले बाबु–छोरा नै धन कमाउने उद्देश्यले विदेशिए पनि आफूहरुलाई विदेश नफापेको प्रतिक्रिया दिनुभयो । ४ लाख रुपैयाँ ऋण काढेर विदेश गएको तर लगत्तै छोराको निधनले आफूहरु ऋणमा डुबेको उहाँले सुनाउनुभयो । ‘६ वर्ष नेपाल फर्कन्न, ऋण तिर्छु, र घोराहीमा घर बनाउँछु भन्थ्यो’, छोरालाई सम्झँदै भावुक भएका तिलकले भन्नुभयो ‘हाम्रो सबै सपना चकनाचुर भयो, अहिले यी यसरी सहयोगीहरु खोज्नु पर्ने अवस्था आयो ।’उहाँका बाबु छोरा नै कामका लागि छुट्टा छुट्टै काममा कतार जानु भएको थियो । तर छोराको निधन भएपछि उहाँ छोराको शब लिएर नेपाल फर्कनु भएको थियो । छोरा गुमाउँदको पीडा सहिरहेका उहाँको परिवार बस्दै आएको बबई नदी किनारामा रहेको सानो झुपडी पनि भत्किएको छ भने छोरीको मुटुको भल्भ फेर्नुपर्ने अवस्था आएको छ । उहाँले आफ्नो दुःख सुनाउँदै भन्नुभयो ‘गरिबको कोखमा जन्मलिएपछि सोचेको केही पुरा हुँदो रहेनछ, सधैं दुःखै दुःखै झेल्नु पर्ने रहेछ ।’
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger