SEXY VIDEOS CLICK HERE:
Home » » जहाँ २ लाखमा बेचिन्छन् महिलाहरु

जहाँ २ लाखमा बेचिन्छन् महिलाहरु

नेपाल त सून्दरता र सगरमाथाको देश भनेर चिन्थेँ तर त्यहाँको अँध्यारो पाटो म नेपाल पुगेपछि मात्र थाहा पाएँ । त्यो त महिलाहरु किनिने र बेचिने ठाउँ पनि रहेछ । नेपालका चेलीबेटीहरुको नेपाल–भारत सीमा क्षेत्रबाट बेचबिखन हुँदो रहेछ !नेपाल पुगेको बेला मैले राजधानी काठमाडौं र सीमा क्षेत्रहरुमा केही दिन बिताएँ, सोही बेला मैले थाहा पाएँ चेलीबेटी बेचबिखनको बारेमा । युनिसेफको पछिल्लो तथ्याङक अनुसार प्रत्येक वर्ष नेपालबाट ७ हजार महिलाहरु भारतका वेश्यालयहरुमा बेचिँदा रहेछन् । भारतकै वेश्यालयहरुमा अहिले २ लाख महिलाहरु काम गर्छन् । चेलीबेटी बेचबिखन, असुरक्षित बसाइसराइको बारेमा विवरणहरु बुझ्न नेपाल गएको बेला मैले यस्तो डरलाग्दो तथ्य भेटेँ ।यस्तो अवस्था थाहा पाएपछि मलाई त्यहाँका महिलाअधिकारकर्मीहरुसँग कुराकानी गर्न मन लाग्यो । चरिमाया तामाङसँग भेटेँ ।


उनी पनि पहिले भारतको वेश्यालयबाटै नेपाल फर्किएकी हुन् । तर अहिले बेचबिखनविरुद्ध संस्था नै खोलेर काम गरिरहेकी छिन् उनी ।१९ वर्ष पहिले घर पछाडि घाँस काटिरहेको समयमा एक हुल मान्छे आएर उनलाई समातेछन् । हात बाँधेर अनि केही थाहा नपाउने किसिमको पाउडर प्रयोग गरेर उनलाई त्यहाँबाट लगेछन् । होसमा आउँदा उनले भारतको उत्तरी एक शहरमा फेला पारिन् आफूलाई । त्यसअघि उनले कतै ठूला घरहरु देखेकी थिइनन् । निक्कै गर्मीको अनुभव भयो । उनलाई सोडा दिए । उनले खाइन् । त्यसपछि फेरि अचेत भइन् । अर्कोपटक ब्यूझिँदा मुम्बईको वेश्यालउ पुगिसकेकी थिइन् उनी । उनलाई बलजफ्ती २२ महिनासम्म त्यहीँ राखियो । वेश्यालयकी मालिक्निलाई ‘अन्टी’ भन्थिन् उनी । जबरजस्ती यौनसम्पर्क गर्नुपर्ने हुथ्यो ग्राहकसँग ।नेपालमा सोझा साझा महिलाहरुलाई राम्रो काम लगाइदिने भन्दै ललाइफुकाइ बेचिँदोरहेछ । भारतसँगको खुल्ला सीमानाले पनि मानव तस्करहरुलाई सजिलो हुने रहेछ महिलालाई वेश्यालयसम्म पुर्याउन ।वेच्न जानेहरुले महिलाहरुलाई रिक्सामा राखेर सीमा पार गराउँदा रहेछन् । निधारमा रातो टिका लगाइदिएर भर्खरै विहे गरेकी आफ्नै श्रीमती जस्तै बनाएर उनीहरु बेच्न लैजाँदा रहेछन्, जुन कुरा मैले एक जना महिलाअधिकारकर्मी पेमेला गुरुङ्गबाट थाहा पाएँ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger