
उनी पनि पहिले भारतको वेश्यालयबाटै नेपाल फर्किएकी हुन् । तर अहिले बेचबिखनविरुद्ध संस्था नै खोलेर काम गरिरहेकी छिन् उनी ।१९ वर्ष पहिले घर पछाडि घाँस काटिरहेको समयमा एक हुल मान्छे आएर उनलाई समातेछन् । हात बाँधेर अनि केही थाहा नपाउने किसिमको पाउडर प्रयोग गरेर उनलाई त्यहाँबाट लगेछन् । होसमा आउँदा उनले भारतको उत्तरी एक शहरमा फेला पारिन् आफूलाई । त्यसअघि उनले कतै ठूला घरहरु देखेकी थिइनन् । निक्कै गर्मीको अनुभव भयो । उनलाई सोडा दिए । उनले खाइन् । त्यसपछि फेरि अचेत भइन् । अर्कोपटक ब्यूझिँदा मुम्बईको वेश्यालउ पुगिसकेकी थिइन् उनी । उनलाई बलजफ्ती २२ महिनासम्म त्यहीँ राखियो । वेश्यालयकी मालिक्निलाई ‘अन्टी’ भन्थिन् उनी । जबरजस्ती यौनसम्पर्क गर्नुपर्ने हुथ्यो ग्राहकसँग ।नेपालमा सोझा साझा महिलाहरुलाई राम्रो काम लगाइदिने भन्दै ललाइफुकाइ बेचिँदोरहेछ । भारतसँगको खुल्ला सीमानाले पनि मानव तस्करहरुलाई सजिलो हुने रहेछ महिलालाई वेश्यालयसम्म पुर्याउन ।वेच्न जानेहरुले महिलाहरुलाई रिक्सामा राखेर सीमा पार गराउँदा रहेछन् । निधारमा रातो टिका लगाइदिएर भर्खरै विहे गरेकी आफ्नै श्रीमती जस्तै बनाएर उनीहरु बेच्न लैजाँदा रहेछन्, जुन कुरा मैले एक जना महिलाअधिकारकर्मी पेमेला गुरुङ्गबाट थाहा पाएँ ।
Post a Comment