SEXY VIDEOS CLICK HERE:
Home » » १८ वर्ष मुनिका स्कूले केटीहरुमा अम्मलको लत

१८ वर्ष मुनिका स्कूले केटीहरुमा अम्मलको लत

२ पुस, काठमाडौं । राजधानीमा एसएलसी, प्लस टुका विद्यार्थीका चुरोट, खैनी, गुट्खा आदि अम्मलका रुपमा देखा पर्न थालेको औंल्याउँदै विज्ञहरुले यसबारे समयमै सचेत हुनुपर्ने आवश्यकता रहेको औंल्याएका छन् ।विद्यार्थीको सुर्ती सेवनबारे मुलुकमा खासै कुनै वृहत् अध्ययन नभए पनि विज्ञहरुले अनुभवका आधारमा सुर्तीको अम्मलबाट जोगाउन अभिभावक र स्कूलको महत्वपूर्ण भूमिका रहेको बताउँछन् ।नेपाल अर्वुद रोग निवारण संस्था द्धारा ‘धुम्रपान मुक्त सार्वजनिक स्थल र वर्तमान परिदृश्यबारे हालको नीति’ विषयक छलफल कार्यक्रममा विज्ञहरुले सचेत गराएका हुन् । कार्यक्रममा मानव अधिकारवादी, उपभोक्ता अधिकारवादी, अभिभावक संघ, स्कूल लगायत विभिन्न निकायको प्रतिनिधित्व रहेको थियो ।


‘उपत्यकाका विद्यार्थीमा सुर्ती सेवनको स्थितिलाई आकलन गर्दा स्कूलमा ५ देखि १० प्रतिशतले र प्लस टु स्तरमा ४० देखि ५० प्रतिशतसम्म यसको कुलतमा लागेको अनुमान गर्न सकिन्छ,’ अढाई दशकको शिक्षा पेसाका अनुभव बोकेका भानुभक्त मेमोरियल हायर सेकेन्डेरी स्कूलका निर्देशक प्रमोद ढुंगेलले भने, ‘दुई दशकअघि विद्यार्थीमा धुम्रपान वा सुर्ती सेवनको प्रक्रिया १६ वर्षतिर सुरु हुने गरेको देखिए पनि हाल यो १२-१३ वर्षदेखि नै देखिन थालेको छ ।’आफैं निर्णय गर्न नसक्ने उमेरका सात, आठ कक्षादेखिनै विद्यार्थीहरुले आफ्नो सिनियरहरुको लहैलहैमा लागेर धुमपान, सुर्ती सेवन सुरु गर्ने गरेको औंल्याउँदै ढुंगेलले भने ‘उनीहरु म अरुभन्दा कसरी फरक, आँटिलो छु, देखाउनलाईसमेत चुरोट तान्ने गरेका छन् । ढुंगेलका अनुसार अभिभावकले समय दिन नसकेका विद्यार्थी सुर्तीको अम्मलमा बढी लागेका छन् ।

उपत्यकाका विभिन्न होस्टलहरुमा छापा मार्दा ९० प्रतिशतमा केटा मात्रा होइन, केटीहरुले समेत चुरोट उपभोग गर्ने गरिएको बुझिएको नेपाल मानव अधिकार संगठनका अध्यक्ष सुदीप पाठकले बताए । विद्यार्थीहरु घन्टी लाग्नुभन्दा पहिले कक्षा बाहिर गएर चुरोट पिएर आउने अनि कक्षा बस्ने गरेको सहज रुपमा देख्न सकिने पनि पाठकले बताए ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger