नेपाली फेसन डिजाइनर प्रवल गुरुङ वर्ष २०१३ मा गुगलमा सर्वाधिक खोजिएका नेपाली सेलेव्रिटी बनेका छन् । हाइ फेसन ब्रान्डमा प्रवल गुगल ट्रेन्डमा सातौं स्थानमा छन् । गुगलले सार्वजनिक गरेको वर्षका लोकप्रिय ट्रेन्डको सूचिमा प्रवल अटाएका हुन् । गुगलको घोषणालगत्तै ट्वीट गर्दै उनले आफ्नो विश्वव्यापी पहिचान स्थापित भएकोप्रति खुशि जनाएका छन् । भरसेक, माइकल कोर्स, डिजेल ब्लाक गोल्ड, गुस्सी, केइट स्पेड, रचेल जोयपछि प्रवल छन् । उनले अन्य तीन ठूला फेसन ब्रान्डलाई पनि उछिनेका छन् । यसैबीच, सबैलाई चक्का दिँदै नेपाली र्याप गायक लाउरे अर्थात आशिष राना वर्ष २०१३ मा नेपालमा सर्वाधिक गुगल खोजि गरिएका सेलेव्रिटी बनेका छन् । र्याप ब्याटलबाट चर्चा कमाएका यी पोखरेली ठिटो नम्बर वानमा छन् । रेखा थापा, हरिवंश आचार्य, नम्रता श्रेष्ठजस्ता सेलेव्रिटीलाई पनि उनले उछिनेका छन् । लाउरे सुटिङ हुन लागेको एक नेपाली सिनेमामा अनुबन्धित भैसकेका छन् । उनले खेल्न लागेको फिल्म चाँडै घोषणा हुने जनाइएको छ । लाउरेलाई प्रवलपछि लेडिज फ्यान भएका सेलेव्रिटी मानिन्छ ।
Post a Comment