बन्जाडेको चरित्र बारे करिव दुई वर्ष अघि नै दृष्टि साप्ताहिकले पहिलो पटक समाचार प्रकाशित गरेको थियो। समाचारमा जनयुद्धकालमा भारतका विभिन्न स्थानमा बस्दा देखि नै बन्जाडेमा विभिन्न पुरुषहरूसँग चर्ने बानी परिसकेको, कुनै पनि बेला रायमाझीलाई धोका दिन र उनको राजनीतिक भविष्य डामाडोल बनाई दिन सक्ने उल्लेख थियो। स्रोतका अनुसार बन्जाडेका लागि नयाँ–नयाँ पुरुष फेर्नु गिलासको पानी पिउनु जति कठिन पनि थिएन। युद्धकालमा भारतमा रहँदा उनले दुई पटक परपुरुषसँग घरजम गरिसकेकी थिइन। त्यसक्रममा एक पटक दुई महिनापछि आफै फर्किएर आएकी थिइन भने एक पटक खोजेर ल्याइएको थियो। आफ्नो श्रीमतीको चरित्रबारे रायमाझी स्वयं पनि जानकार थिए। तर, पनि किन उनले बन्जाडेलाई नियन्त्रण गर्न सकेनन? यो भने निकै रहस्यको विषय रहेको उनी निकटस्थहरू बताउँछन्। रायमाझीको कुनै न कुनै ‘लुज प्वाइन्ट’ मा टेकेर बन्जाडेले बार्गेनिङ गर्ने गरेको र त्यही कारण उनले श्रीमतीलाई नियन्त्रणमा राख्न नसकेको जानकारहरूको दावी छ।
स्रोतका अनुसार त्यो वार्गेनिङ प्वाइन्ट भनेको आर्थिक अपचलन हुन सक्छ। बुझिए अनुसार सशस्त्र युद्ध चलिरहेकै बेला बन्जाडेले दिल्ली नजिकैको नोयडामा फ्ल्याट खोज्दै हिडेकी थिइन्। त्यसबेला रायमाझी दम्पतीले फ्ल्याट खरिद गरेका हुन सक्छिन। ‘सायद तैले मलाई नियन्त्रण गर्न खोजिस भने पोल खोलिदिन्छु भनेर बन्जाडेले बार्गेनिङ गरेकी र त्यही भएर रायमाझीले उनलाई नियन्त्रणमा लिन नसकेका हुन सक्छन।’स्रोत भन्छ।

स्रोतका अनुसार बन्जाडेले बुटवलमा बिहानै देखि वियर खाएर मात्ने गरेकी थिएन भने मधेसमुलको एक जना कवाडी ठेकेदारसँग पनि लहसिएकी थिइन्। बुटवलकै एउटा अपार्टमेन्टमा रहेको रेष्टुरेष्टमा गएर उनीहरूले वियर खाने गरेका थिए। बन्जाडेलाई विभिन्न पुरुषहरूसँग लहसिने बानी रायमाझीसँग विवाह हुनु अघि देखि नै लागेको हो। स्रोतका अनुसार उनका बाबु भारतमा दिल्लीनगरको हरियो गाडी चलाउँथे। बाबुकै पछि लागेर वन्जाडेका दाजुले पनि दिल्ली नगरको गाडी चलाउने काम नै गरिरहेका छन्। र, उनीहरू दिल्लीमै बस्छन्। उनीहरूको आय राम्रै छ। सानै देखि घरमा तास खेल्न, मादक पदार्थ सेवन गर्न आइरहनेहरूको संगतबाट उनी पुरुषहरू फेरिरहने बानी परेकी हुन्।
माओवादी शान्ति प्रक्रियामा आएर बन्जाडे बुटवलमा बस्न थालेपछि पनि उनले अहिले विवाह गरिएको भनिएका रामबहादुर कार्की बाहेकका पुरुषहरूसँग समेत यौन सम्वन्ध कायम राख्ने गरेकी स्रोतको दावी छ। बुझिए अनुसार बन्जाडेले करोडौ रुपियाँ पनि हिनामिना गरेकी छिन्। जुन रुपियाँलाई माइतीहरूकै सल्लाहमा दिल्लीमै राखेकी हुनसक्ने अनुमान गरिएको छ। ६ महिना अघि नै बन्जाडेले माइतीहरूलाई नयाँ ज्वाइ यो हो भनेर कार्कीलाई चिनजान गराएकी थिइन्। रायमाझीलाई समेत उनले ‘तिमीलाई छोडछु’ भनेर जानकारी दिएकी थिइन्। त्यसलाई सार्वजनिक गर्दा आफ्नो ‘प्रेष्टिज’ गुम्ने भएकोले रायमाझीले त्यसलाई सार्वजनिक नगरी दिन बन्जाडेलाई आग्रह गरेका थिए। उनले ‘तिम्रो स्वतन्त्रता गर तर मेरो इज्जत जाने गरी बाहिर नदेखाई देऊ बेला–बेलामा आउँदै गर’ भनेका स्रोतका दावी छ। दोस्रो श्रीमान् भनिएका कार्कीले पनि गलहत्याएपछि बन्जाडेले अहिले आत्मा हत्या गर्छु भन्ने गरेकी छन्। ‘त्यो उसको घुर्की मात्र हो। त्यसरी केटा फेर्ने बानी परेकी र त्यति ठूलो रकम जिप्ट्याकी बन्जाडे के मर्थी। आगामी दिनमा अझ मस्ती गरेर बस्छे।’ उनको आनीबानीबारे नजिकबाट जानकार स्रोत भन्छ।
Post a Comment