सले पोर्न सामाग्री नहेरेको होस् ।शोधकर्ताहरुले जति जना पुरुषहरुलाई सोधे सबैले आफुले पोर्न सामाग्री हेरेको बताए । शोधकर्ताहरुले पोर्न सामाग्री नहेर्ने लोग्ने मान्छेहरु फेला पार्न कठीन भएपनि आफुहरु नथाक्ने र पोर्न सामाग्री नहेर्ने पुरुषहरु फेला परेसँगै तथ्यहरुलाई विश्लेषण गरी निष्कर्षमा पुग्ने बताएका छन् ।
मन्ट्रियल विश्वविद्यालयका शोधकर्ताहरुले वास्तवमा पोर्न सामाग्री हेर्ने र नहेर्ने पुरुषहरुबीचमा तुलना गरेर पुरुषमा पोर्न सामाग्रीले पार्ने यौनिक प्रभावको बारेमा अध्ययन गर्न चाहन्छन् । तर बिचराहरु यस्ता कुमार जवानहरु फेला पार्न असमर्थ भैरहेका छन् । शोधकर्ताहरुले पोर्न सामाग्रीले पुरुषहरुलाई यौनिक सन्तुष्टि प्रदान गर्ने र यसबाट पुरुषको यौनिक जिवनमा प्रभाव समेत पार्ने भएपनि यसको खास अनुपात कस्तो हुन्छ ? भन्ने विषयमा निष्कर्षमा पुग्न अझै केही समय लाग्ने बताउँछन् ।
स्मरण रहोस् अमेरिकामा केही समय पहिले भएको अध्ययनले पुरुषहरुले हरेक सात सेकेण्डमा सेक्सको बारेमा सोच्ने गरेको तथ्य पत्ता लगाएको थियो । यस प्रकार दिनमा १६ घण्टा जागा रहने पुरुषले ८ हजार पटक सेक्सको बारेमा सोँच्दछ । साथै अध्ययनले के पनि पत्ता लगाएको थियो भने सेक्सका दौरान पुरुषले अरु कुनै दोश्रो महिलाको कल्पना गरिरहेको हुन्छ ।
Post a Comment