
आइटम नृत्य रहेका ‘मस्त जवानी’ बोलको गीत यतिबेला संचारमाध्यममा जोडतोडका साथ प्रचार गरिरहेको छ । स्वेताको मस्त जवानी हेर्न दर्शक कसरी हलसम्म आउँछन् त्यो भने माघ १७ गते नै थाहा हुनेछ । यो सिनेमा हाँस्यकलाकार विल्सन विक्रम राइका लागि पनि महत्वपूर्ण छ । चलचित्रको प्रोमोमा निक्कै राम्रो स्थान पाएका विल्सन दर्शकलाई हलसम्म तान्ने सबैभन्दा तगडा हतियार हुन् । यदि यो सिनेमा हेर्न दर्शक हलसम्म आएनन् भने विल्सनको क्रेज ठूलो पर्दामा छैन भन्ने देखिन्छ । ज्योती कुमार राई र राजकुमार राइले लगानी गरेको यो सिनेमामा श्याम राई, बाबु बोगटी लगायतका कलाकार पनि छन् । नेपाली सिनेमा भित्रकै कथालाई देखाइएको यो चलचित्र पनि नचलेको खण्डमा सिने नगरीका बिषय दर्शकका लागि खासै रुचिकर हुँदैन भन्ने प्रष्ट हुनेछ । यसअघि स्टार, कलिउड लगायतका सिनेमाले बक्स अफिसमा हावा खाइसकेका छन् । यसैले पनि ‘प्रोड्यूसर’सबैका लागि प्रतिक्षाको रुपमा रहेको छ । -कस-कसको करिअरसँग जोडिएको छ स्वेताको मस्त जवानी ?
Post a Comment