SEXY VIDEOS CLICK HERE:
Home » » यस्ता छन् सुनसरीका यौनकर्मी

यस्ता छन् सुनसरीका यौनकर्मी

सुनसरी, पुस ७ - सुनसरीमा रहेका यौनकर्मी मध्ये एक सय ४९ जना एचआइभी संक्रमित भएको एक गैरसरकारी संस्थाले तथ्यांक सार्वजनिक गरेको छ ।सुनसरीमा यौनकर्मीको अधिकार र उनीहरुको स्वास्थ्यका क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था सहयोगी महिला समूहले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । एचआइभी संक्रमित यौनकर्मी महिलामध्ये  ९९ जनाले नियमित रुपमा औषधि सेवन गरिरहेको समेत यो समुहले जनाएको छ ।इटहरी क्षेत्रमा रहेका यौनकर्मी महिलाको संख्या कसरी घटाउन सकिन्छ भनेर रणनीति बनाउन आयोजना गरिएको कार्यक्रममा सस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा सुनसरी क्षेत्रमा मात्रै १३ सय भन्दा बढि व्यवसायिक यौनकर्मी महिला रहेको उल्लेख छ ।


धरानमा २ सय ५० यौनकर्मी
संस्थाका अनुसार सुनसरीको धरानमा २ सय ५० को हाराहारीमा यौनकर्मी रहेका छन् । यस्तै इटहरीमा सबैभन्दा बढी ६ सयको हाराहारीमा, दुहवी र खनार क्षेत्रमा ३ सय ५० को हाराहारीमा यौनकर्मी छन् । सुनसरीको इनरुवा र भाण्टाबारी क्षेत्रमा सयको हाराहारीमा यौनकर्मी महिला रहेको प्रतिबेदनमा उल्लेख छ ।यौनकर्मी महिलासँग नजिक रहेर काम गरिरहेको यो संस्थाले सुनसरीमा चार प्रकारका यौनकर्मी रहेको संस्थाकी अध्यक्ष सुजाता चौधरीले बताउनुभयो ।  जसमा उच्चवर्गका कलगर्ल, मोवाइल कलगर्ल, होटलमा आधारित यौनकर्मी र छाप्रा र ढावा होटलमा बस्ने यौनकर्मी छन् ।

संस्थाका अनुसार उच्चवर्गका कल गर्लहरु दैनिक आवश्यकता परिपूर्तिका लागि भन्दा पनि मोज मस्तीका लागि यौनकर्मी भएको तथा घरमै बस्ने र समय मिलाएर यौन व्यवसायमा जाने गरेको पाइएको छ । इटहरी र धरानलगायतका शहरमा उनीहरुको संख्या बढ्दै गएको छ  । उनीहरु साथी भाइको लह लहैमा लागेर यौन व्यवसायमा संलग्न हुने गरेको संस्थाले जनाएको छ ।

यसैगरि इटहरी क्षेत्रमा मोवाइल कलगर्लको संख्या पनि धेरै रहेको पाईएको छ  । कोठा लिएर बस्ने र माग अनुसार यौन व्यवसायमा जाने गरेका छन् । यस्ता मोवाइल कल गर्ल सामुहिक रुपमै पनि बस्ने गरेका छन् । उनीहरुको सम्पर्क होटल तथा लजमा हुने र ग्राहकको माग अनुसार यौन व्यवसायका लागि जाने गरेको सस्थाकी अध्यक्ष चौधरीले बताउनुभयो ।मोवाइल कलगर्लहरु दैनिक आवश्यकता परिपूर्तिका लागि यौन व्यवसायमा लागेका हुन् । बालबच्चा पाल्नू पर्ने बाध्यता श्रीमानले अर्की श्रीमती ल्याएका कारण पनि उनीहरु यौन व्यवसायमा लाग्नु परेको छ  । कतिपयले भने श्रीमान विदेशमा भएका कारण पनि यो पेशामा लागेको बताएका छन् । सस्थाले सेना र प्रहरीका श्रीमतीहरुले समेत मोवाइल कलगर्लका रुपमा काम गरिरहेको जनाएको छ ।

यस्तै इटहरी क्षेत्रमा सवै भन्दा धेरै होटलमा आधारित यौनकर्मी छन् । उनीहरु क्वाबिन रेस्टुरेन्टका साथै सस्ता खाले होटल तथा लजहरुमा समेत बस्ने गरेका छन् ।यसरी होटल तथा क्याविनमा बसेर यौन व्यवसाय गर्नेहरु भने सस्तै दाममा पनि यौन व्यवसाय गर्न राजी हुने गरेको र उनीहरु बाध्यताका कारण यो पेशामा आएको सस्थाले गरेको अध्ययनमा पाईएको छ ।

कति सुरक्षित ?
सुनसरीका यौनकर्मीमध्ये एक सय ४९ जनालाई एचआइभी सङ्क्रमण भएको छ । यी बाहेक अन्य यौनकर्मीहरुलाई पनि बिभिन्न खाले यौन रोगको सङ्क्रमण रहेको छ ।पछिल्लो समय ‘नो कन्डम नो सेक्स’ भन्ने चेतना फैलिए पनि ग्राहकै कारण पनि असुरक्षित यौन सम्पर्क गरिरहनु परेको छ । अधिकांश यौनकर्मी महिलाहरु मादक पदार्थको दुर्व्यसनमा फसेका छन् । यसले गर्दा पनि उनीहरु सुरक्षित सम्बन्ध राख्न सक्दैनन् ।

प्रहरीको तारो
सात महिनाको अवधिमा सुनसरीको इटहरी र आसपासका क्षेत्रबाट यौन धन्दामा संलग्न भएका १ सय २८ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक अपराध गरेको अभियोगमा कारवाही पनि गरेको छ । इटहरीका होटल लज तथा रेष्टुरेण्टमा मात्रै होइन इटहरीका चिया पसलबाट समेत यौन व्यापारमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।सात महिनाको अवधिमा इटहरी क्षेत्रबाट ६३ जना महिला, ४५ जना पुरुष यौन व्यवसायमा संलग्न रहेको आरोपमा पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक बिद्यानद्य माझीले बताउनुभयो  ।

यस्तै २० जना होटल सञ्चालक यौन व्यबसाय सञ्चालन गरेको आरोपमा पक्राउ परेका छन्  । पक्राउ परेका होटल सञ्चालकमध्ये ६ जना महिला र १४ जना पुरुष छन् । प्रहरी नायब उपरीक्षक माझीले इटहरी र इटहरी आसपासमा यौन व्यवसाय गर्नेहरुको संख्या दिन दिनै बढेको बताउनुभयो ।
source : ujyaloonline.com
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger