SEXY VIDEOS CLICK HERE:
Home » » बाबुको कर्तुत, तीन हजारमा बेचे आफ्ना अपाङ्ग छोरालाई

बाबुको कर्तुत, तीन हजारमा बेचे आफ्ना अपाङ्ग छोरालाई

मकर धामी, ६ पुस, बझाङ- बुवाबाट छोरा बेचिएको कुरा सुन्दा पत्यार नलाग्ला र पत्यार नलाग्नु पनि स्वभाविकै हो तर बझाङमा एक अपाङ्ग बालक आफ्नै बुवाबाट बेचिएको रहस्य खुलेको छ । विगत ६ बर्ष अगाडी लेकगाउँ गाविस ६ घर भएका चन्नि धामीले आफ्ना नाबालक अपाङ्ग छोरा सुरेश धामीलाई सोही गाविस घर भएका मान बहादुर धामीसँग रु ३ हजार मा बेचेको खुलासा भएको छ ।


सानैमा आमाको मृत्यु भएको र बुवा चन्नी धामीले आफुलाई बेची आफ्नो सानो भाई कमल धामीलाई लगेर डोटीको सीमानामा फुपुको घरमा बस्दै आएको पडित धामीले बताएका छन् । खुट्टाले राम्रोसँग हिँडन नसक्ने र राम्ररी बोल्न पनि नसक्ने धामी आफुलाई ३ हजारमा बेचीएको अलिअलि मात्र थाहा भएको बताउछन् । पहिले गाउँमै बाख्रा हेर्ने गरेका धामीलाई ३ बर्ष अघि सदरमुकाम चैनपुरमा होटल व्यवसाय गर्दै आएका व्यासीँ गाविसका रण बहादुर जाग्रीले मान बहादुर धामीको पैसा फिर्ता गरी आफुले संञ्चालन गरेको उपेन्द्र गेष्ट हाउसमा काम गराउदै आएका थिए ।आफ्नै बुवा बाट बेचिएका १५ बर्षिय अपाङ्ग बालक सुरेस धामीले सदरमुकाम चैनपुरमा बिगत ३ बर्ष देखि काम गर्दै आए पनि हालसम्म पारिश्रमीक पाएका छैनन् । उपेन्द्र गेष्ट हाउसमा भाडाँ माझ्ने,कोठा सफा गर्ने, कपडा धुने काम गर्दै आएका बालक धामीले आफुलाई काम गर्नको लागी किनेको भन्दै आफुलाई यातना दिने गरेको बताएका छन् ।

सधै काम गर्दा पनि गाली गर्ने गरेका कारण आफुले सो होटल छाडेको धामीले बताए । पिडित धामीले भने- “सरकारले अपाङ्गको लागी भत्ताको व्यवस्था गरेको भएपनि आफुलाई कसैले सहयोग गरेको छैन । जिल्लामा पनि आफ्ना मान्छेलाई सबैले हेर्ने तर हामी जस्तो बेसाहारा लाई कसैले पनि हेर्दा रहेनछन ।” जिल्लामा अपाङ्ग सम्बन्धी काम गर्ने संस्था र अपाङ्ग कल्याण समिती भएको सुनेको छु तर सबैले आफ्नो मान्छेको मात्र सहयोग गर्ने रहेछन् । विहान ७ बजे देखि बेलुकी १० बजे सम्म होटलमा काम गर्दा पनि पारिश्रमीक नपाएपछि सुरेसले रुदै नागरिक समाज र मानव अधिकारकर्मी संग आफ्नो पारिश्रमीक दिलाई दिन धामीले आग्रह गरेका छन् ।तर आफुले सुरेश धामीलाई सानो छँदादेखि आफ्नो छोरा समान माया गरी पालेर राखेको तर काम गर्न सक्ने भएपछि अटेर गर्ने भएकाले पारीश्रमिक नदिएको होटलका संञ्चालक रण बहादुर जाग्रीले बताए । धामी हाल सदरमुखकाम कै लक्ष्मी होटलमा काम गर्दै आएका छन्
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger