SEXY VIDEOS CLICK HERE:
Home » » गोरखाल्याण्डका विमल गुरुङले घुँडा टेकेको आरोप

गोरखाल्याण्डका विमल गुरुङले घुँडा टेकेको आरोप

१२ पुस, काठमाडौं । अलग गोरखाल्याण्ड माग गर्दै आन्दोलनको नेतृत्व गरेका गोरखा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले पश्चिम बंगाल सरकारसँग घुँडा टेकेका छन् । कोलकातामा मुख्यमन्त्री ममता ब्यानर्जीसँग वार्ता गरेपछि गुरुङले विहीबार पुरानै गोरखाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेसन (जीटीए) पदको सपथ लिएपछि गोरखाल्याण्डका समर्थकहरुबाट उनको चर्को आलोचना भएको छ । आलोचनासँगै गुरुङलाई शुभकामना दिनेहरु पनि देखिएका छन् ।जीटीए प्रमुखबाट राजीनामा दिएर अलग गोरखाल्याण्ड आन्दालनेमा होमिएका गुरुङ पुन पुरानै पदमा सपथ खान सहमत भएका हुन् । गुरुङको यो कमदपछि अब गोरखाल्याण्डको मुद्दा कमजोर बनेको छ । अर्कातर्फ दार्जीलिङमा अलग लिम्बुवान लगायतका जातीय राज्यको माग हुन थालेपछि नेपाली मूलका गोरखालीहरुमा फुट आउन थालिसकेको छ । गोरखाल्याण्ड आन्दोलनकै क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडमा समेत आफ्नो तृणमूल कांग्रेसको पहिलो पटक संगठन विस्तार गरेकी छन् । त्यहाँ लेप्चालाई समेत विशेष अधिकार दिने ब्यानर्जीको प्रंस्तावले गोरखाल्याण्ड आन्दोलनलाई थप कमजोर बनाएको छ ।

विमल गुरुङले विहीबार कोलकाताको राजभवनमा मुख्यमन्त्री ब्यानर्जीको उपस्थितिमा पश्चिम बंगालका राज्यपाल एकम नारायणनबाट जीटीए प्रमुखको सपथ लिएका हुन् । पहाडमा दौरा सुरुवाल अनिवार्य गर्ने अभियान चलाएका गुरुङले सुटमा सजिएर सपथ लिएका थिए । तर, खुकुरीको लोगो अंकित कालो टोपी भने लगाएका थिए । यद्यपि उनले नेपाली भाषामा नै सपथ खाए ।सपथ ग्रहणपछि ब्यानर्जीले पत्रकारहरुसँग दार्जीलिङ पश्चिम बंगालको भूभाग भएको र गुरुङले अब पहाडको विकासमा लागिपर्ने बताइन् । ब्यानर्जी जनवरी २० देखि २३ सम्म दार्जीलिङमै बस्ने कार्यक्रम छ । उनले गुरुङलाई सहयोग गरिरहने बचन दिएकी छन् ।भारतीय सञ्चारमाध्यमले जनाएअनुसार गुरुङको कदमप्रति पहाडमा समर्थन र विरोध दुबैखाले प्रतिक्रिया आएका छन् । भारतीय पत्रिका हिमालय दर्पणका अनुसार गोरामुमो खर्साङका सचिव दया देवानले गुरुङले सपथ लिएको २६ डिसेम्बर गोरखाहरुका लागि कालो दिन बन्न पुगेको बताएका छन् ।

‘यो दिन विमल गुरुङले गोरखाहरुलाई धोका दिएर चौकी हासिल गरेको दिन हो, आमा गोरखाल्याण्डलाई पश्चिम बंगालको हातबाट मुक्त गराउँछु भनेर तिरंगा झण्डा लिएर जन्मिएको गोरामुमो पार्टी र यसका अध्यक्ष गुरुङले पहाड लगायत समतलका जनतालाई भेडाबाख्रा सरह सम्झेर आमा बन्धकीमा लिनेहरु अघि शीर निहुराएर वीर गोरखाको स्वाभिमानलाई बन्धकी राकेका छन् ।’ गोरामुमो नेता देवानको भनाइ उधृत गर्दै हिमालय दर्पणले शुक्रबारको अंकमा लेखेको छ ।

Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger