समाचारका अनुसार ब्राजिलमा वेश्यावृत्तिलाई कानूनी मान्यता प्राप्त छ । त्यसैले अहिले बेलो होरिजोन्टेका यौनकर्मीहरुले त्यसरी अंग्रेजी सिक्ने तयारी गरेका हुन् । उनीहरुलाई अंग्रेजी सिकाउने व्यवस्था भने यौनकमीहरुको एशोसियशनले गरेको हो । जसमा गएको मंगलबारसम्ममा २० यौनकर्मीले अंग्रेजी भाषा सिक्नका लागि फारम भरिसकेको जनाइएको छ । भाषाको कारणबाट ग्राहकहरुसँग कुराकानी गर्न यौनकर्मीहरुलाई कुनै समस्य नहोस् भन्नका लागि अंग्रेजी भाषा सिकाउन लागिएको जनाइएको छ ।

यौनकर्मीहरुको एशोसियशनकी अध्यक्ष सिडा भियराका अनुसार उनीहरुको एशोसियशनमा करिब ४ हजार यौनकर्मी सदस्य छन् । त्यसमध्ये कम्तिमा एकसय यौनकर्मी अंग्रेजी भाषाको तालिममा सहभागी हुने भियराको विश्वास छ । यौनकर्मीहरुलाई तालिम दिन त्यहाँका केही शिक्षकहरु राजी भएको जनाइएको छ । एशोसियशनकी अध्यक्ष भियराका अनुसार यौनकर्मीहरुलाई अंग्रेजी भाषा लगायतको तालिम कक्षा ८ महिनासम्म चलाइने छ ।ब्रालिको बेलो हेरिजोन्टेमा रहेको मिनेराओ फुटबल मैदान करिब ६२ हजार दर्शक क्षमताको रहेको छ । सन् २०१४ को विश्वकपको ६ खेल उक्त मैदानमा खेलाइने जनाइएको छ ।
Post a Comment