
चलचित्रको छायांकन सुरु भएको २३ दिन भैसकेको छ । नायक सविन श्रेष्ठ भने छायांकनमा समावेश भएको दुई हप्ता भएको छ । चलचित्रको निर्माण यूनिट केही दृश्यको छायांकन गर्न काठमाण्डौ आउने तयारीमा छ । बेद प्रसाद भुर्तेलको निर्देशनमा तयार भएको यो सिनेमालाई उमेश र रमेश उप्रेतीले निर्माण गरिरहेका छन् । दुबै निर्माता बिर्तामोडका बासिन्दा हुन् ।
नायक सविन श्रेष्ठ पछिल्लो समय व्यस्त हुन थालेको पाइन्छ । हालै मात्र कमलकृष्णको निर्देशनमा तयार भएको दमदार सिनेमा सकेर उनी संजोगमा व्यस्त भएका हुन् । चलचित्रलाई पारिवारिक बिषयवस्तुमा रोचक तबरले ढालिएको छ ।
source : onlinekhabar.com
Post a Comment