
यस अघि सन् १९७१ मा इटालीको रोमका चिकित्सकहरुले एक महिलाको गर्भबाट १५ बटा भ्रुण हटाएको दावी गरेका थिए । अञ्जुलाई ब्यथा लागेपछि छिमेकी रेवा गाउँको सञ्जय गान्धी मेमोरियल अस्पतालमा रेफर गरिएको थियो । तर बाटैमा उनले ९ बटा बच्चा जन्माइन् भने अस्पताल पुगेपछि चिकित्सकहरुले उनलाई दशौं बच्चा जन्माउन सहयोग गरेका थिए ।अस्पतालका असिस्टेन्ट सुपरिटेन्डेन्ट डाक्टर एसके पाठकले सबै बच्चा मरेको अवस्थामा जन्मेको बताए । अञ्जुलाई राति करिव ११ बजेतिर अस्पताल पु-याएको थियो । उनका पति सञ्जयले बाटोमा जन्मिएका ९ बटा शिशुलाई कपडामा बेरेर ल्याएका थिए । अञ्जुले १० बच्चा जन्माएको थाहा पाएपछि अस्प्तालमा उनलाई हेर्न मान्छेहरुको भिड लागेको थियो ।
डाक्टर पाठकले अञ्जुले उनको प्रजनन स्वाथ्यको उपचार गरेको बताएका छन् । महिलाले प्रजनन स्वास्थ्य सम्बन्धी उपचार गर्दा प्रयोग गरिएको औषधी अत्याधिक भएमा वा सहयोगी प्रविधीका कारणले धेरै बच्चा जन्मने हुन सक्ने बताउँछन् ।सन् १९७१ मा रोमका चिकित्सकहरुले एक महिलाको गर्भबाट १५ भ्रुण हटाएको बताएका थिए । सोही नै स्वास्थ्य इतिहासको सबैभन्दा बढी बच्चा गर्भमा भेटिएको घटना हो । त्यसपछि सन् १९९९ मा मलेसियामा पनि एक महिलाले ९ शिशु जनाएकोमा सबैको मृत्यु भएको थियो ।।
SOURCE : NEPALIHEADLINES.COM
Post a Comment