मनभित्रको पिडा र न्यायको लागि आशमा प्रहरीले निराश बनाएपनि सुमित्रा भन्दै थिईन्– “मेरो विवाह भएको ठिक ४ वर्ष भयो तर विवाह भएकै दिनदेखि मेरो सासु ससुराले तिमीले दाइजो ल्याएनौ भन्दै गाली तथा व्यजती गर्ने गर्थे तर मेरो श्रीमानले सहन आग्रह गरेकै कारण मैले सहदै गए ” उनको भनाई छ । आँखाबाट आँशु भार्दै सुमीत्राले सासु ससुराले दिएको यातनाको स्मरण गर्दै भिनन् ‘ पहिला–पाहिला मलाई दाइजोको नाममा यातना दिन्थे तर २०७० भदौ देखि तिमी बोक्सी हौं भन्दै विभिन्न खाले यातना दिन शुरु गरे । उनले भनिन् ‘श्रीमान दिनेश चौधरी ट्रक ड्राइभरको कामले प्राय बाहिर नै हुन्छन् कहिले काँही घर आउदा श्रीमानसंग कुरा गर्न खोज्दा बुहारी भएकाले यस्ता खाले कुराहरु पचाएर बस्नु पर्छ घर छोड्नु हुन्न भनेर सम्झाउने गरेका थिए । उनले थपिन– “तर अब कैले सहने सिमा सकियो, एक दिन होईन दुई दिन होईन, कति दिन सहने ?” कति दिन सम्म यातना सहेर बस्ने भन्दै वडा प्रहरी कार्यालय पुगेको उनले बताइन् ।उनले घरमा खाना पकाएर पनि आफू खाना नपाउने स्थिति सम्म रहेको भन्दै सासु ससुराले आफुलाई बोक्सीको आरोप लगाएर घरबाट निक्लन दवाव दिएको र घरबाट ननिस्कने भए घाँटी रेटेर मार्ने धम्की दिएको बताईन । सोहि दवाव र धम्कीको कारण अहिले आफु माईतमा बस्ने गरेको सुमीत्राको भनाई छ । ‘श्रीमान घरमा नहुदा सासु ससुरा र देवर देवरानी मिलेर मलाई घरबाट निकालेर भित्रबाट ढोकाको चुक्कुल लागाइ दिने, गाउ भरी त बोक्सी होस् भन्दै प्रचारबाजी गर्ने, खाना नदिने पिट्न आउने गाली बेईज्यती गर्ने जस्ता कार्य गर्दै आएको ले म त्यो नर्कमा बस्न नसकी माईत आएकी हुँ ।

उजुरी दिन गएकी सुमीत्राको उजुरी प्रहरीले हेर्न नसक्ने भएनेको यो दोश्रो पटक हो । किनकि उनि यो भन्दा पहिला एक पटक आईसकेको बताउछीन् । कञ्चनपुरको बारेमा आफुलाई थाहा नभएको भन्दै उनले न्याय दिन सबैसँग हात जोडेकी छन् । उनले माइतबाट आफ् बुवाले सामाजमै मिल्नु पर्छ भन्दै ३ चोटी गाउमै मिलाउने प्रयास गरेको भएपनि आफु अन्यायमा परीरहेको भन्दै अब आफु यातना सहन नसक्ने र न्यायको लागि लड्ने बताइन् । उनका श्रीमान दिनेश चौधरीले भने ‘आफू कामको सिलसिलामा बाहिर बसेको हुदा त्यति धेरै कुराहरु थाहा नपाएको बताए । उनले भने – “म घरमा त्यति हुदीन सानोतिनो कुरा घर व्यवहारमा भइहाल्छ तर मैले आमा बुवालाई सम्झाएको छु ।” उनले थपे– “सुमित्रलाई यातना दिनु भयो भने राम्रो हुदैन भनेको छु ” उनको भनाई छ ।यता दिनेशका बुवाले रक्सी खाएको बेला गाली गरेको स्विकार्दै अब त्यस्तो क्रियाकलाप नदोहो¥याउने बताएका छन् । तर सुमित्रा भने अब सम्झौतामा बस्न नसक्ने भन्दै आफ्नो ज्यानको सुरक्षाका लागि कानुनी प्रक्रियामा अगाडी बढ्ने बताईन् ।
Post a Comment